प्रदेश १

लियो क्लबले महिलालाई आत्मरक्षाको तालिम दिंदै


  दमक   सवाल नेपाल   २०७७ पुष २६, १४:१३

दमकमा सामाजिक कार्यमा सक्रिय रहेका युवाहरुको एक समुहले महिलामाथी हुने हिंसाका विरुद्ध शसक्त बनाउन आत्मरक्षाका लागि तालिम दिने भएका छन् । लियो क्लब अफ दमकले सो तालिमको आयोजना गरेको छ । तालिमले महिलाहरुले आफ्नो सुरक्षा आँफै गर्न सक्ने कलाको विकास गर्ने सो क्लबका अध्यक्ष प्रबेश बास्ताकोटीले जानकारी दिनुभयो । क्लबले आज एक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिएको हो ।

सो मार्शलआर्ट तालिम ७ दिनको हुने र आगामी माघ ११ गतेबाट शुरु गरिने पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिनुभयो । त्यस्तै क्लबले यो जाडोलाई मध्यनजर गर्दै विभिन्न कपडा व्यवसायीहरुबाट न्यानो कपडा पनि संकलन गर्दै आएको बास्ताकोटीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार संकलन गरिएका कपडाहरु अति विपन्न परिवारका लागि उपलब्ध गराईनेछ । साथै क्लबले दुर्घटना न्युनिकरणका लागि २ सय कुकुरलाई बेल्ट लगाउने र खाना खुवाउने कार्यक्रम पनि तय गरेको छ । यद्यपी सो कार्यक्रमको मिति भने तय भइनसकेको बास्ताकोटीले जानकारी दिनुभयो ।

यसअघि दमकका ४ सय कुकुरलाई बेल्ट लगाइएको पनि उहाँले जानकारी दिनुभयो । क्लबले स्थापनादेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । पत्रकार सम्मेलनमा क्लबका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु