सामाजिक संघ/ सस्था

“झापा दुधेमा डि पी एल युथ टिम गठन”


  काठमाडौ   सवाल नेपाल   २०७७ पुष २८, २०:०५

पौष २८ गते मंगलबार झापाको शिभसताक्षी नगरपालिका दुधेमा १९ सदस्यीय डि पी एल युथ टिमको साखा विस्तार भएको छ। उक्त कार्यक्रमलाई सहजीकरण गर्दै डि पी एल का भावी कार्ययोजना, सामजिक क्षेत्रमा युवाको भूमिका लगाएतका बारेमा राष्ट्रिय अध्यक्ष श्री विनोद उप्रेती ज्युले प्रष्ट पार्नु भएको थियो। साथै, कार्यक्रममा डी पी एल का डाइनामिक लिडर तथा सस्थाका सस्थापक कोषाध्यक्ष श्री देवेन्द्र प्रसाई ज्युले लाइब्रेरीले संचलान गर्ने युवा नेत्रित्व विकास, साहित्यिक रचनाका उचित स्थान, वक्ताको कुनो लगाएतका विभिन्न कार्यक्रमहरुका बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा साखा विस्तार रहेको थियो. साखा विस्तार गर्नु मूल उद्देश्य, साखाले प्राप्त गर्ने सेवा सुविधा तथा पदिय जिम्मेवार बारे राष्ट्रिय उपाध्यक्ष्य दिनेश जंग खड्काले प्रकाश पार्नु भएको थियो। उक्त साखा विस्तारका क्रममा श्री जनम दर्नालको अध्यक्ष्यतामा १९ सदस्यीय पूर्ण समिति गठन भएको छ. कार्यसमितिको अध्यक्ष्य पदमा जनम दर्नाल, वरिष्ठ उपाध्यक्षमा सन्दिप खनाल, दुइ समान दर्जाका उपध्यक्षमा रोइक्षा श्रेष्ठ र स्मृति कदरिया, महासचिवमा लोकनाथ खतिवडा, सह-सचिवमा निर्जला सेन्चुरी, कानुनि सल्लाहकारमा रक्षा माझि, कोषाध्यक्षमा सौरव पौडेल, सह कोषाध्यक्षमा अस्मिता मगर, तथा सदस्यहरुमा रमेश अधिकारी, आकृति धिताल, रोजी बस्नेत, नादिम योंग्या, क्रिशला भट्टराइ, सुहान संबा, रमेश अधिकारी, र क्रिसम पोख्रेल सर्वसम्मत पहिलो कार्यसमितिमा चयन भएका छन।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु