अन्तराष्ट्रिय

आमा बनिन् अभिनेत्री अनुष्का


  काठमाडौँ   सवालनेपाल   २०७७ पुष २९, ११:४१

मुम्बई । बलिउड शर्मा अनुष्का शर्मा आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका पति तथा क्रिकेटर विराट कोहलीले आफूहरूलाई पुत्री लाभ भएको र अनुष्कासँगै छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको ट्वीटमार्फत जनाएका छन् ।

यो अवस्थामा आफूहरूलाई बधाई दिनेहरूलाई यी दम्पत्तिले धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा आफूहरूको छोरीको तस्बिर भन्दै भाइरल भएकोमा त्यो तस्बिर आफ्नो छोरीको नभएको पनि उनीहरूले बताएका छन् ।
यता आमा बनेकोमा अनुष्काले पनि खुसी व्यक्त गरेकी छन् ।
यो पनि पढ्नुहोस ३६ विधामा प्रदान गरियो तिज म्युजिक अवार्ड

केही वर्षको प्रेम सम्बन्धलाई स्थायी रूप दिँदै अभिनेत्री अनुष्का र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा प्रेम विवाह गरेका थिए । क्रिकेटसम्बन्धी एउटा कार्यक्रममा विराटले अनुष्का गर्भवती रहेको केही महिनाअघि खुलाएका थिए । पुत्रीलाभ भएकोमा यतिबेला अनुष्का र विराटलाई शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु