काठमाडौं । फ्रान्स सरकारका प्रवक्ता गेब्रियलस एटलले देशमा अब लकडाउन हटाउने तयारी थालिएको बताएका छन् ।यूरोपको एक रेडियो स्टेशनलाई दिएको अन्तर्वार्ताका क्रममा उनले यो जानकारी दिएका हुन् ।

उनले भने, ‘धेरै समय यता लकडाउनको पालन गराउन लगाइएको छ, अब सधैँ लकडाउन गरेर मात्रै चल्दैन, त्यसैले लकडाउन हटाउनको लागि तयारी थालेका छौँ ।’

उनले अब लकडाउनको आवश्यक नरहेको पनि बताएका छन् । ‘तर अवस्था नबिग्रियोस् भन्नलाई हेल्थ डिपार्टमेन्टको नियम पालना राख्नुपर्नेछ’ उनले भने ।

फ्रान्सले यो महिनामा २० लाखमा कोरोना भ्याक्सिन लगाउने प्लान बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय