अन्तराष्ट्रिय

लामो समयदेखिकी प्रेमिका नताशासँग बिहे गर्दै वरुण


  काठमाडौँ   सवालनेपाल   २०७७ पुष २९, १४:१०

बलिउड अभिनेता बरुण धवन यतिबेला विवाहको तयारीमा व्यस्त छन् । मिडिया रिपोर्टअनुसार उनले यसै महिना आफ्नो लामो समयदेखिकी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट हुनेछ ।

यस विवाहको तयारी पनि सुरु भइसकेको छ । स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् । तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन ।

यसअघि करिना कपूरले आफ्नो रेडियो शो ‘व्हाट वुमेन वान्ट’ मा नताशा दलालाई वरुणको मंगेतर भनेर सम्बोधन गरेकी थिइन् । यस कार्यक्रममा करिनासँग कुराकानी गर्नका लागि वरुण एक्लै उपस्थित थिए । अभिनेता वरुण र फेशन डिजाइनर नताशाबीच पहिल्यै इन्गेजमेन्ट भइसकेको थियो कि भन्ने शंकालाई समेत यसले मलजल गरेको थियो । यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाले पनि विवाहको प्राय चर्चा भइ नै रहेको थियो ।

रेडियो कार्यक्रममा वरुणले आफ्नो प्रेमकथाबारे पनि बोलेका थिए । ‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें ।’

वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक रिजेक्ट गरेकी थिइन् । यद्यपि, लगातारको प्रयासपछि नताशा पनि प्रेम–सम्बन्धमा रहन तयार भइन् । चर्चित फिल्म निर्देशक डेभिड धवनका छोरा वरुणले सन् २०१० मा शाहरुख खान अभिनित ‘माई नेम इज खान’ मा निर्देशक करण जौहरको सहायक भएर काम गरेका थिए । २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ मार्फत वरुणले अभिनय यात्रा थाले । मे तेरा हिरो, बदलापुर, दिलवाले,जुडुवा २, सुई धागा लगायत उनका फिल्महरु निकै चर्चित छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु