
समाजसेवी लक्ष्मी भण्डारीले बृद्धबृद्धालाई खाद्यान्न सहयोग गर्नु भएको छ । आफ्नो जन्मदिनको अबसर पारेर उहाँले आज झापाको दमक स्थित एक बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न सहयोग गर्नु भएको हो ।
दमक नगरपालिका –४ मा रहेको रत्न ज्येष्ठ नागरिक बृद्धाश्रम सेवा केन्द्रमा उहाँले पहिलो पाईला दमक मार्फत ५० केजी चामल, २ पोका तेल, २ केजी नुन, तुथपेष्ट तथा ब्रस सहयोग गर्नु भएको हो । त्यस्तै मंदिपा कार्कीले आफ्नो बुबाको सम्झनामा जाडोमा लगाउने मोजा र टोपी सहयोग गर्नु भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी भण्डारीसँगै पहिलो पाईलाका अध्यक्ष दीपक खड्का, उपाध्यक्ष शुरेश बराल, समाजसेवी मेघनाथ फुँयाल, राजु निरौला लगायतको उपस्थिति रहेको थियो । सो आश्रममा हाल ६ जना बृद्धबृद्धा रहेका छन् ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया