
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओली गुट गलत बाटोमा गएको आरोप लगाएका छन् ।
यो समूहले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले भने, ओली गुट गलत बाटोमा छ । तपाईंहरू भ्रममा नपर्नु । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । ओली समूहको पार्टी, पार्टी होइन, उनको समूह सडकको धुलोमा परिणत हुन्छ । त्यो समूहबाट असन्तुष्ट भएर यता आउने साथीहरूको संख्या धेरै छ । उहाँमा भएको आरचण, संस्कार र सोचका कारण कोही टिक्नेवाला छैन त्यहाँ । त्यो समूह, ओली कुनै पनि हालतमा कम्युनिस्ट होइन ।’
#माधवकुमार नेपाल
फेसबुकमा तपाईको प्रतिक्रिया