मुख्य खबर

जी-न्युजको अन्तर्वाता ओलीको नाटक हो : प्रचण्ड


  काठमाडौँ   सवालनेपाल   २०७७ पुष २९, १६:२३

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि भारतीय टेलिभिजन ‘जी न्युज’लाई दिएको अन्तर्वार्तालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाटकको संज्ञा दिएका छन्।

काठमाडौं जिल्ला कमिटीले गरेको विरोध सभामा उनले भने, ‘त्यो ( जी न्युजको अन्तवार्ता) नाटकै हो। नाटकको पटाक्षेप आज भइसक्यो। त्यही जि न्युजले एभरेष्टको नाम फेर्ने रे।

असारमा बसेको केन्द्रीय कमिटीको बैठकमा भारतले आफूलाई हटाउन खोजेको ओलीले बताएको प्रचण्डले स्मरण गराए।

भारतले भन्दैमा हटाउने हो र भन्दै हामीले हटाएनौं त्यतिबेला,’ प्रचण्डले भने। प्रतिनिधि सभा भंग र निर्वाचन भारतको इसारामा भएको नेपाली जनताको आशंकाप्रति प्रचण्डले ओलीको जवाफ मागे

‘अपारदर्शी तरिका अपनाएर भारतीय दूत भेटेको त हाम्रो जनताले हेरेकै छन्,’ प्रचण्डले आक्रोश पोखे।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु