उर्लाबारी, ६ माघ । मोरङको उर्लाबारी–५ का प्रेम बास्तोलाले आफ्नो छोराको मृत्यूमा संलग्नहरूलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको आरोप लगाएको छ ।बास्तोलाका ३१ वर्षीय छोरा प्रविणको गत पुस ५गते शंकास्पद मृत्यू भएको थियो । परिवारले सोमबार आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिलाउन मिडियासँग गुहार मागेको छ । परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनामा संलग्न सबैलाई छोडिदिएको छ ।

मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर म¥यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । कहाँ म¥यो , कसरी म¥यो कसले मा¥यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त म¥यो तर न्याय मर्नु भएन नि ,उनले पत्रकार सम्मेलनमा भने । छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन ।

मरेको ब्यक्तिलाई एम्बुलेन्स हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पु¥याएको दाबी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – प्रविणको मृत्यू भएको ३/४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पु¥याएको हो । कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ ।

पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् । घटना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दावी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ ।

तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रासी फिल्म सैलीमा प्रविणलाई मार्ने योजनाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन। १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।
होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ । प्रहरीले घटना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आक्रोषित भएको छ ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए । उनले मृतकको शरीरमा कुनै चोट, नील डाम पनि नदेखिएको बताए । मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्छन्–प्रहरी निरीक्षक पोख्रेलले भने । ईनेपाल पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय