दमक पब्लिक लाइब्रेरी अन्तर्गतको डिपीएल युथ टिमको राष्ट्यि महाधिवेशन माघ १० गते दमकमा हुने भएको छ । लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेका अनुसार बिभिन्न जिल्लामा रहेका जिल्ला समितिबाट करिब ५ सय जनाको महाधिबेशनमा सहभागीता रहने छ ।

अहिले सम्म १२ वटा स्थानमा शाखा समिति गठन भइसकेका छन् । यस्तै थप ५ वटा शाखा महाधिवेशन अघि नै अनुबन्धित भइसक्ने छन् । न्यौपानेका अनुसार पोखरा, हेटौडा, चितवन, विराटनगर, बिर्तामोड सहितका स्थानमा शाखा गठन भइसकेका छन् । ४० वर्ष सम्मका युवाहरु संगठित रहेको यो संस्थाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । युवाहरुलाई संगठित गर्दै पठन संस्कृतिको विकास गरि नेतृत्व र व्यक्तित्व विकासका लागि यो संस्था क्रियाशिल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय