सामाजिक संघ/ सस्था

दमकमा पौडेल वंश महासंघको जिल्ला भेला, जिल्ला समिति गठन


  दमक   सवाल नेपाल   २०७७ माघ १०, १९:४०

दमक/आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला आज दमकमा सम्पन्न भएको छ ।
बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरिएको हो । दमक ७ स्थित पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ । त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ ।

सदस्यहरुमा सुकदेव, शिव, काजिमान, गोपाल र गोविन्द प्रसाद पौडेल चयन भएका छन । महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुने गरी विस्तार गरिने जनाइएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए । कार्यक्रमको उद्धेश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए भने सो भेलामा प्रमुख अतिथी लोकनाथसहित महासंघकी केन्द्रिय उपाध्यक्ष बालिका पौडेल र केन्द्रिय सदस्य कमल प्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए । सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेका महासंघका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु