राजनीति

२ वटा किट्नी फेरे पनि प्रधानमन्त्री हुने विश्व रेकर्ड मेरै मात्र होला!:केपी ओली


  काठमाडौँ   सवालनेपाल   २०७७ माघ ११, १५:३०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएकाहरुका ९ संगठनका माग पूरा गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले उपयुक्त निर्णय गरेर जानकारी दिने समेत बताए। अपांग महासंघको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले अपांगता भएकाहरुलाई सकेको सहयोग गर्ने उद्घोष गरे।उनले भने, ‘अहिलेको सरकारले जति सक्छ त्यति गर्छ। त्यति धेरै गर्न नसक्ला, तपाइको समस्या सक्दो समाधान गर्छ। तर, सरकारका सीमा छन्।’सडकमा आजभोलि सडक मानव नभेटिएको बताउँदै ओलीले उनीहरुलाई आश्रमको व्यवस्था गरिएको बताए।‘आजभोलि स्ट्रिट म्यान भेटिदैनन्, हामी त्यस्ता व्यक्तिलाई खोजिरहेका छौँ’, ओलीले भने, ‘अपांग भएकाहरुको लागि सरकार छ, सडकमा भएका बालबालिकालाई खाते भनेर सम्बोधन गरिन्थ्यो आजभोलि कसैलाई त्यसो भनिदैन।’

साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरु पनि प्रतिभावान भएको बताए।‘नेपालका बारेमा ठीक ढंगले सोच्नेमध्येका एक हुन झमक घिमिरे। उनले विश्वविद्यालय नगइ विद्याबारिधिको प्रमाणपत्र लिइन्। सजल बम जस्ता प्रतिभा छन्। मैले भेटेको छैन टेलिभिजनमा देखेको हुँ,’ उनले भने।देशमा ठूला-ठूला नेताले बाटो बिराउँदा पार्टीका केही अपांगता भएका नेताले जोगाएको उनको भनाइ थियो।आफ्नो मिर्गौला फेल भएर प्रत्यारोपण गरेको प्रसंग सुनाउने उनले त्यस अर्थमा आफू पनि अपांग भएको बताए।उनले भने, ‘म पनि थोरै-थोरै अपांगता भएकै व्यक्ति हुँ। किड्नी फेल भएर अर्को लगाएको छु। दुईटा किड्नी फेरे पनि प्रम हुने सायद विश्व रेकर्ड होला।’प्रचण्ड-माधव नेपालतर्फ संकेत गर्दै ओलीले लोकन्त्र मास्नेहरु भागीभागी हिँडेको आरोप लगाए।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु