मुख्य खबर

रविले न्युज २४छाडेपनि‘सिधाकुरा जनतासँग’ निरन्तर प्रसारण हुँने,


  काठमाडौँ   सवालनेपाल   २०७७ माघ ११, १६:४३

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले हालै उक्त टिभी छाडेका छन्।केहि नयाँ र परिस्कृत भर्जन सहित सोही कार्यक्रम अन्य टिभीबाट ल्याउने रवीको तयारी छ।रविले न्युज २४ टिभी छाडेको र फेरि छिट्टै सोही कार्यक्रम लिएर आउने भन्दै शनिबार सामाजिक सञ्जालबाट ‘सिधाकुरा जनतासँग’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।यसैबीच, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रशारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ।रवि लामिछाने बिनानै उक्त कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने सो टिभीले जनाएको छ।रविले टिभी छाडेर गएपनि कार्यक्रम लगेर जान नसक्ने र सो कुरा टिभीको सम्पत्ति भएको टेलिभिजन व्यवस्थापनले जनाएको छ।रवि लामिछाने र उनी कार्यरत न्युज २४ टिभी बीच ‘सिधा कुरा जनतासँग’को कपिराइटको विवाद देखिएपछि उक्त कुरा अब कानुनी लडाईमा लग्ने दुवै पक्षको तयारी छ।न्युज २४ टिभीकै पूर्व पत्रकार प्रेम बाँनियाले फेसबुकमा स्टाटस लेख्दै कपिराइटको विवाद देखिएको भन्दै दुःख व्यक्त गरेका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु