
चीनका १२ वटा लडाकू विमानहरू ताइवानको एयर डिफेन्स टेरिटोरीमा पुगेपछि अमेरिकाले यूएसएस थियोडोर रूजवेल्ट युद्धपोत दक्षिण चीन सागर पठाएको छ ।
अमेरिकी सेनाले आइतवार उक्त युद्धपोत तैनाथीको जानकारी दिएको हो । सामुद्रिक मार्गको स्वतन्त्रताका नाममा अमेरिकाले उक्त युद्धपोत तैनाथ गरेको हो ।
ताइवानलाई चीनले आफ्नै एक हिस्सा मान्ने गरेको छ । त्यसैले ताइवान स्वतन्त्र हुने कुरा उठ्नेबित्तिकै चीनले लडाकू विमान पठाएर तर्साउने गरेको छ । शनिवार चीनले ताइवानमा लडाकू तथा बमवर्षक विमान पठाएपछि अमेरिकाले युद्धपोत तैनाथ गरेको हो ।
अमेरिकी जलसेनाका अधिकारी तथा स्ट्राइक ग्रूप कमान्डर रियर एडमिरल डउग वेरिसिमोले सहयोगीहरूलाई सुरक्षाको भरोसा दिँदै सामुद्रिक मार्ग स्वतन्त्रताको सुनिश्चित गराउने बताएका छन् ।
संसारको दुईतिहाइ व्यापार यसै क्षेत्र भएर हुने गर्छ । त्यसैले अमेरिकाले आफ्नो उपस्थिति त्यहाँ हुनुपर्ने बताएको छ ।
चीनले दक्षिण चीन सागरमा आफ्नो प्रभावक्षेत्र बनाएकाले अमेरिकी जलसेनाको उपस्थितिप्रति आपत्ति जनाउने गरेको छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया