सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले हृदयघातका कारण मृत्यु भएका विमितको परिवारलाई एक कार्यक्रम गरी मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

सानिमा धनपति जीवन बिमा गरेको ५ दिनमै मृत्यु भएका विमित मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका –६ का डिक बहादुर थापाका बुबा ठाकुर प्रसाद थापालाई बोनस सहितको रकम चेक मार्फत प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक जितेन्द्र क्षेत्री सुबेदी र दमक शाखाका प्रबन्धक नरेन्द्रराज दाहालले विमांक रकम एक लाख ५० हजार र बोनस रकम ६ हजार ७ सय ५० गरी एक लाख ५६ हजार ७ सय ५० रकमको चेक प्रदान गर्र्नुभएको हो ।

विमितले पहिलो किस्ताको रकम ९ हजार ३ सय ११ रुपैयाँ तिरेका थिए । उनले सो रकम गत असोज २४ गते तिरेका थिए । उनको विमा गरेको ५ दिन पछि असोज २९ गते मृत्यु भएको थियो । दमक शाखाका प्रबन्धक दाहालले विमा आवश्यक भएपनि मानिसले यसलाई बुझ्न नसकेका कारण प्रभावकारी नभएको बताउनु भयो । सवाल नेपालसँगको कुराकानीमा उहाँले सबैलाई बीमा गर्न अनुरोध पनि गर्नु भयो ।

मृत्यु स्वभाविक रहेको भन्दै प्रबन्धक दाहालले बीमाले मृत्युपछि परिवारलाई आर्थिक संकटबाट जोगाउने भएकाले पनि बीमा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उर्लाबारी उप–शाखा प्रमुख इन्दिरा सापकोटा, वडा नम्बर ६ का वडा अध्यक्ष बृद्धिलाल निरौला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय