बलिउड अभिनेत्री प्रियंका चोपडाले लक-डाउनका बेला आफ्नो पतिसँग कसरी दिन बिताइन् भन्ने खुलासा गरेकी छिन् ।

उनले हलिउड को एउटा शोमा कुरा गर्दै यस्तो खुलासा गरेकी हुन् ।

उनलाई प्रश्न सोधिएको थियो – लक-डाउनको समयमा तपाईंले आफ्नो पतिबाट के सिक्नुभयो ?

उनले जवाफ दिइन् – निक सरसफाईमा म भन्दा बढी लाग्छन् । मैले लक-डाउनका बेला आफ्नो जुत्ता चप्पल सही ठाउँमा राख्न सिकें र बिहान उठेर बिस्तारा मिलाउन सिकें ।

प्रियंकाले निक जोन्सलाई टेबलमा बसेर खाना खाने रुची रहने तर आफूले भने सोफा या काउचमा बसेर खाना खाने गरेको खुलासा समेत गरिन् ।

उनले लक-डाउनका बेलामा पियानो बजाउन सिकेको पनि बताइन् । ‘केही पियानो क्लासमा मैले राम्रो गरें तर त्यसपछि समय दिन पाइन । निकले मलाई पियानो सिकाउन खोजेका थिए । मैले नसकेपछि उनले पनि हार माने ।’

प्रियंकाले केही वर्षअघि हलिउड गायक निक जोन्ससँग बिहे गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय