मोरङ्गको मधुमल्लामा जारी प्रथम मिक्लाजुङ्ग खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै आयोजक मिक्लाजुङ्ग, दमक, बिर्तामोड र गौरादह सेमिफाइनल प्रबेश गरेका छन् । उपाधि दाबेदार शसस्त्र प्रहरी बल एपीएफलाई पाखा लगाउँदै आयोजक मिक्लाजुङ्ग युवा समुह मोरङ्गको मधुमल्लामा जारी प्रथम मिक्लाजुङ्ग खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा आयोजकले एपीएफमाथी सोझो सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो सेटमा २५–१७ को जित निकालेको उसले दोश्रो सेटमा २६–२४ ले जित हासिल गरेको थियो । त्यसपछि तेश्रो सेटमा उसले २५–२२ को जित निकाल्दै दमकसँगको भेट पक्का गर्यो ।

दमकले भोजपुरमाथी २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । त्यस्तै अर्को खेलमा बिमान ट्रडर्स बिर्तामोडले बबियाबिर्ता मोरङ्गलाई २५–२२, २२–२५, ३१–२९ र २५–२० ले पराजित गर्दै गर्यो । बिर्तामोडले अब अन्तिम दुई प्रबेशका लागि गौरादह खेलकुद विकास समितिसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपी गौरादहले पहिलो सेट भने गुमाएको थियो ।

उसले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोश्रो सेटदेखि भने गौरादहले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन सेट जितेको थियो । दोश्रो सेट २५–२३ ले जितेको गौरादहले तेश्रो सेट २५–१५ ले र चौथो सेट २५–२१ ले जित्यो । सेमिफाईनल खेलहरु सोमबार हुनेछन् ।

पहिलो खेलमा आयोजक र दमकबीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेलमा गौरादह र बिर्तामोड आमने–सामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ५० हजार पाँच सय प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय