काठमाडौं – विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका छन् ।

बार्सिलोनाका स्टार समेत रहेका मेस्सी दुई ठुला फुटबल खेलाडीलाई पनि पछि पार्दै दशकका सर्वोत्कृष्ट पुरुष खेलाडी बनेका हुन् ।

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार नेयमारलाई पछि पार्दै उनले आइतबार दशकका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार हात पारेका हुन् ।

उनलाई दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले शीर्ष स्थानमा राखेको हो । संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि यस संस्थाले एक सर्वेक्षण गरेको थियो ।

जसमा मेस्सी संसारकै उत्कृष्ट खेलाडी घोषणा भए । मेस्सीले विगत १० वर्षमा ६ पटक ला लिगा उपाधि जितेका छन् । त्यस्तै रोनाल्डो पनि यूईएफए क्षेत्रको उत्कृष्ट खेलाडी भएका छन् । त्यस्तै अन्य शीर्ष खेलाडीमा नेयमार लगायतका केही खेलाडी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय