कृषि/सहकारी

खुल्यो सुर्दशनको दोस्रो शाखा मधुमल्लामा…


  Morang   सवाल नेपाल   २०७७ माघ २६, १८:३२

मधुमल्ला, मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको सुर्दशन बचत तथा ऋण सहकारी संस्थाको दोस्रो सेवा केन्द्र मिक्लाजुङको वडा न: ९,  मधुमल्ला बजारमा उद्घाटन गरेको छ ।


सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि विधिवत् रुपमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले रिवन काटी सेवा केन्द्रको उद्घघाटन गरेका थिए । उद्घघाटन कार्यक्रमालाई सम्बोधन गर्दै सहकारीको माध्यमबाट समुदायमा आय आर्जन र आर्थिक विकास सहयोग पुयाने सहकारीको प्रभावकारी भुमिका रहने कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

मधुमल्ला क्षेत्रका व्यवसायी तथा शेयर सदस्यहरुलाई सर्बशुलभ र सहज सेवा पुयाउने उदेश्यले सेवा केन्द्रको स्थापना गरिएको र दमक लगायत विभिन्न स्थानमा थप सेवा केन्द्र चाडै खोल्ने संस्थाका कार्यालय प्रमुख थरेन्द्रदराज पौडेलले कार्यक्रममा जानकारी दिए ।

 


उद्घाटन कार्यक्रममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका व्यपारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा वडा नं. ९ र ७ का वडाध्यक्षह सोमनाथ अधिकारी र शुशिलराज चौहानले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रणी शेयर सदस्यहरु लाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु