प्रदेश १

दमकमा पनि शुरु भयो दोश्रो चरणको खोप, आज ७० जनाले लगाए


  दमक   उत्तम रिजाल   २०७७ फाल्गुन २, १९:४६

सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप आजबाट दमकमा पनि लगाउन शुरु गरिएको छ । दमकको दमक अस्पताल कोभिड उपचार केन्द्रमा  आज ६६ पुरुष र ४ महिला गरी ७० जनाले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सो क्रममा दमकमा १४ पत्रकारले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । त्यस्तै आज २३ सुरुक्षाकर्मीले पनि खोप लगाए भने १० स्वास्थ्यकर्मी, १६ जना सरकारी कर्मचारी तथा दुई जना जनप्रतिनिधिले पनि खोप लगाएका छन् । त्यस्तै वित्तिय संस्थाका केहि कर्मचारीहरुले पनि आज खोप लगाएका छन् । दोश्रो चरणको खोप दमकमा तीन दिन सम्म चल्नेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु