राजनीति

दुईतिहाईको सरकार ढाल्ने फोहोरी खेल भयोः मुख्यमन्त्री राई


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन ३, १४:०५

विराटनगर – प्रदेश १ सरकारले सोमबार विराटनगरमा तेस्रो वार्षिकोत्सव मनाएको छ।विगतका वर्ष उत्साहपूर्ण रुपमा सरकारले कार्यक्रमको आयोजना गरेपनि यसपटक मञ्चमा प्रदेश प्रमुख, मुख्यमन्त्री, दुई जना मन्त्री र दुईजना राज्यमन्त्री मात्रै थिए।नेकपाको विवादसँगै दुुई मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएपछि मञ्चमा अतिथिको चाप कम रहेको थियो। अर्कोतर्फ, विवादसँगै असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभासदस्यहरुको उपस्थिति न्यून रहेको थियो।प्रदेश सरकार गठन भएदेखि नै मन्त्रीमण्डल विस्तार गरि पूर्ण मन्त्रालय चलाउन नसकेको आरोप खेप्दै आएको प्रदेश सरकारको कार्यक्रममा मन्त्रीको उपस्थिति खुम्चिएको देखिएको थियो।कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको समृद्धिसँगै पार्टीगत विवाद र त्यसले उब्जाएको घटनाक्रममा केन्द्रित रहेर चर्चा गरेका थिए।त्यसक्रममा उनले प्रदेश सरकारले गएको तीन वर्षमा गरिब तथा विपन्नका लागि राहत लगायतका महत्वपूर्ण कार्य गरेको दाबी गरे।

तर अहिले स्थिर सरकार गिराएर मुलुकमा अस्थिरता निम्ताउने तत्व सक्रिय भएको उनले बताए।सुखी नेपाली समृद्ध नेपालको नारा तथा जनताका आकांक्षामा तुशारापात गर्दै सत्तारुढ दलबाटै दुईतिहाईको सरकार ढाल्ने फोहरी खेल सुरु भएको उनले बताए।सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख, प्रदेश सरकार, मुख्यमन्त्री लगायतलाई अपदस्थ गर्ने प्रपन्च सुरु भएको उनको भनाई छ।उनले जनतासामू पुनः निर्वाचनमार्फत बलियो र स्थिर सरकार बनाउनुपर्ने जिम्मेवारी आइपरेको उल्लेख गरे।दाहाल नेपाल समूहका प्रदेश सभासदस्य भीम आचार्यले कुर्सीमा बसिरहनुलाई ओली समूहले उपलब्धी र ठूलो ठानिरहेको बताए।कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईले भने प्रदेश सरकारको कार्यक्रम प्राथमिकतामा नपरहेको बताए। नेकपाभित्रको द्वन्दका कारण प्रदेश सरकार असफल भएको उनको भनाई छ।मुख्यमन्त्री राईले नैतिकताको आधारमा राजीनामा दिएर प्रदेशलाई मार्ग प्रशस्त गर्नुपर्नेमा उनले जोड दिए।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु