मनोरञ्जन

र्‍याम्पमा क्याटवाक गर्दागर्दै कपडाले धोका दिएपछि…


  काठमाडाैं   एजेन्सी   २०७७ फाल्गुन ७, १०:५७

बलिउड फेशनको लागि निकै अगाडि छ । कयौँ पटक अभिनेत्रीले फेशनका कारण कपडाले धोका दिँदा सार्वजनिक स्थलमा लज्जास्पद समयको सामना गर्नुपरेको छ ।

केही अभिनेत्रीहरुले क्याटवाकको समयमा कपडाले धोका दिएपछि आफ्नो कपडा र आफूलाई सम्हालेर क्याटवाक पूरा गरेका छन् ।

जसमा पहिलो अभिनेत्री हुन् कंगना रनौत । उनले क्याटवाकमा सेतो रंगको कपडा लगाएकी थिइन् । क्याटवाक गर्दागर्दै उनको उक्त कपडाको पछाडिको भाग माथि सर्यो । यद्यपि, उनले आफ्नो क्याटवाक पूरा गरिन् ।

मलाइका अरोडाले क्याटवाकको क्रममा ट्युब लुक ड्रेस लगाएकी थिइन् । तर क्याटवाट गर्दागर्दै उक्त कपडा स्तनभन्दा तल झर्न थाल्यो । तर, उनले आफूलाई सम्हालेर अगाडि बढिन् ।

लेक्मी फेशन वीकको दौरान यामी गौतमले निकै भारी गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको कारण उनी लड्खडाइन् । लड्दालड्दै बचेकी यामीले आफूलाई सम्हालेर अगाडि बढिन् ।

दिशा पटानीले वान पीस ड्रेस मा क्याटवाकमा निकै समस्या झेल्नुपरेको थियो । उनको लुगा यति छोटो थियो कि बारम्बार माथि गइरहेको थियो । तर पनि दिशाले आफूलाई सम्हालेर टास्क पूरा गरिन् ।

अभिनेत्री गौहर खानको क्याटवाकको क्रममा लुगाको पछाडिको भाग च्यातियो । उनको हिपसम्मको भाग च्यातिएको थियो तर उनले पूरा हिम्मतका साथ आफ्नो क्याटवाक पूरा गरिन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु