अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी ‘अनफिनिस्ड’ लेखेकी छन्। उनले उक्त किताबमा बलिउडबारे विभिन्न विषयवस्तु उजागर गरेकी छन्।

बलिउडभित्रको पितृसत्ताको बारेमा उनले लेखेकी छन्। उनले फिल्मका सहकर्मी कलाकारको विषयमा कुनै पनि जानकारी नदिई आफ्ना निर्माता र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको पनि खुलाएकी छन्। साथै निर्देशक र निर्मातासँग आफ्ना सहकर्मी अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्कीसमेत दिएको खुलासा गरेकी छन्।

प्रियंकाले एउटा फिल्मबाट सजिलै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाएकी छन्। उनलाई एक निर्देशकले चेक दिए। उनले अभिनेताको भन्दा आफ्नो पारिश्रमिक कम भएको गुनासो गरिन्। निर्देशकले जवाफ दिएछन्, ‘अनि यस्ता केटीहरू यो अवसरका लागि जत्ति पनि भेटिन्छन्। र, तपाईंलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिलै बदलिन्छन्।’अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय