अन्तराष्ट्रिय

दोस्रो पटक छोराको आमा बनिन् करिना कपुर


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन ९, १२:२३

मुम्बई । भारतीय चलचित्र उद्योग (बलिउड) अभिनेत्री करिना कपुर पुन: आमा बनेकी छन् । करिनाले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् ।

करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान उनले शिशुलाई जन्म दिएकी हुन् ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु