र्लाबारी : गत पुस ५ गते मृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको हत्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका छन् । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

घटनाको मिसिल बनाउँदा प्रहरीले मृतकको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृतककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृतकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घटनामा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन् । उनले घटनालाई कमजोर पार्न खोजेर प्रहरीले न्याय मारेको उनले बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घटनामा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि शङ्का नगर्न पनि आग्रह गरेका छन् । मृतकका परिवारले किटानी जाहेरी दिएपछि जोरहीका आधारमा पक्राउ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पुर्‍याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

अहिले पनि मृतकका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन् । अहिले केहिबेरमा मृतकका परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय