सामाजिक संघ/ सस्था

मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशक:मुख्यमन्त्री पौडेल


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन ११, १०:३०

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्र्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताउनुभयो ।

फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उहाँको भनाइ थियो । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवं फाउण्डेशनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु