
झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परेका छन् । शिविरको सेक्टर डी ४ हट नम्बर ३९ की ४९ बर्षीया विण्णुमाया तामाङ्ग मृत फेला परेकी थिइन् ।
सो समयमा उनका श्रीमान घरमा नभएकोले घटनालाई संकास्पद रुपमा हेरिएको थियो । मृतककी छोरीले बुबाले कुटपिट गरी हत्या गरेको भनि प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि इलाका प्रहरी कार्यालय दमकले मृतकका श्रीमानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
श्रीमानलाई पक्राउ गरेपनि मुद्दा नचलाइ नाम सार्वजनिक गर्न नमिल्ने उहाँले बताउनु भयो । सवको पोष्टमाटमका लागि दमक अस्पतालमा राखिएको छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया