
चर्चित प्रस्तोता रवि लामिछानेसहितको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’टेलिभिजन च्यानल सुरु गरिएको हो। यो टेलिभिजनको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारीमा लामिछाने छन्। म्यानेजिङ डाइरेक्टर छन्। उनीहरुले नेपालकै पहिलो फोरके टिभी ल्याएको बताएका छन्।
उक्त टेलिभिजन च्यानलको मंगलबार काठमाडौंको मेरिएट होटलमा एक कार्यक्रमबीच घोषणा गरिएको हो। यो टेलिभिजन च्यानलबाट जनताका आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रसारण गरिने बताइएको छ। यो टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिको अध्यक्षमा जेबी राई छन्। उपाध्यक्षमा छबिलाल बन्जाडे जोशी र निर्देशकमा शम्भु गुरागाईँ रहेका छन्। टिभीको
क्रिएटिभ निर्देशकमा विवेक आचार्य रहेका छन्।
फेसबुकमा तपाईको प्रतिक्रिया