घटना

चैनपुरको पेट्रोल पम्पमा आगलागी


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन ११, १६:१०

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका – ७ जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ ।मंगलबार दिउँसो १२ बजे ट्याङ्करबाट ट्याङ्कीमा पेट्रोल खनाउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म चैनपुरका डिएसपी विशाल सिलवालले जानकारी दिए ।पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको डिएसपी सिलवालले बताए ।आगलागीबाट पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको छ । आगलागीबाट के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु