नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले आफैंले विघटन गरेको संसदमा प्रधानमन्त्री कुन मुख लिएर जान्छन् भनेर प्रश्न गरेका छन् ।

विहीबार कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले उक्त प्रश्न गरेका हुन् । आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएकोले ओलीलाई त्यहाँ जान नैतिक संकट हुने उनको टिप्पणी थियो ।
नेता पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताए । संसदमा विषय आयो भने मात्र त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने उनले बताए ।
‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो,’ नेता पौडेलले भने ।
साझापोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय