काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८  सयमा कारोबार भइरहेको छ ।यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर  प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय