नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय