काठमाडौं । काजूको प्रयोग विशेष गरी मिठाई र तरकारीको ग्रेवीलाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । काजूबाट बनेका धेरै प्रकारका मिठाई बजारमा देख्न पाईन्छ । यसको प्रयोगबाट बनेका मिठाई निकै स्वादिष्ट हुने गर्दछ ।

स्वादका साथै सुखानै पनि काजू खाने गरिन्छ । काजूको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ । काजूमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । काजूलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।

केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।काजूमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।

यस्ता छन काजूको सेवनको फाइदाहरु
१. काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ ।

२. कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ ।

३.काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ ।

४.काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।

५.नियमित बिहानै खालीपेटमा महका साथ काजू खानाले स्मरणशक्ति चाँडै बढ्छ ।

६.काजू नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन ।

७. काजू नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय