प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले समिति गठन गर्नु सकारात्मक भएको बताएको छ ।

सरकार र नेकपा दुवैले वार्ता समिति गठन गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन सकारात्मक भन्दै इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । सरकार र नेकपा दुवैले मंगलबार वार्ता समिति गठन गरेका थिए ।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शर्माले कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै विज्ञप्तिमा उल्लेख गरेका छन् ।
-इकागज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय