पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोराना सङ्क्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । उनीहरुमध्ये हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको छ । आज कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

यस्तै थप ७२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ५४३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा हालसम्म २१ लाख ७० हजार ११२ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर