झापा — पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ बर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आज अपरान्ह् करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को ४ क १६८४ नम्बको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १ –०१३ –प १७८३ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाईकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् । घाइते मध्ये मोटरसाईकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका १६ का दिलिप क्षेत्रीको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय