चार दशकपछि नेपालको अर्थतन्त्रको ऋणात्मक (नकारात्मक) वृद्धि भएको छ। केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक भएको आँकडा सार्वजनिक गरेको छ।मुलुकको अर्थतन्त्रमा यस्तो नकारात्मक वृद्धि झन्डै चार दशकपछि देखिएको हो। यसअघि आर्थिक वर्ष २०३६/३७ मा नेपालको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएको थियो।कोभिड–१९ को महामारीको असरले अर्थतन्त्रमा गहिरो धक्का पुर्‍याएपछि अर्थतन्त्रको मापक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ऋणात्मक भएको हो। मुलुकको अर्थतन्त्रले यसअघि २०७२ सालको भूकम्प र भारतले गरेको नाकाबन्दीको सामना गरे पनि त्यस वर्ष अर्थतन्त्रको वृद्धिदर शून्य प्रतिशतको हाराहारीमा मात्रै ओर्लिएको थियो।

गत चैतपछि महामारीका कारण देशका अधिकांश आर्थिक क्रियाकलाप ठप्प र सुस्त बन्न पुगेका थिए। जसले गर्दा मुलुकको अर्थतन्त्रमा गहिरो असर परेको थियो। कोभिड–१९ को असर अर्थतन्त्रमा बाँकी नै रहेकाले यो वर्ष पनि आर्थिक वृद्धिदर सुस्त मात्रै हुने अनुमान छ।गत आर्थिक वर्षमा सबैभन्दा धेरै असर होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई परेको देखिएको छ। यो क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको तुलनामा एक चौथाइले घटेको छ। त्यस्तै, यातायात र भण्डार सेवा १३.३७ प्रतिशतले, थोक र खुद्रा व्यापार १०.६९ प्रतिशतले घटेका छन्।

गत चैतपछि महामारीका कारण देशका अधिकांश आर्थिक क्रियाकलाप ठप्प र सुस्त बन्न पुगेका थिए। जसले गर्दा मुलुकको अर्थतन्त्रमा गहिरो असर परेको थियो। कोभिड–१९ को असर अर्थतन्त्रमा बाँकी नै रहेकाले यो वर्ष पनि आर्थिक वृद्धिदर सुस्त मात्रै हुने अनुमान छ।गत वर्ष कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ योगदान गर्ने कृषि क्षेत्र २.२३ प्रतिशतले बढेको थियो। यसले अर्थतन्त्रको धेरै नकारात्मक वृद्धि हुन रोकेको थियो। कोभिडले अन्य क्षेत्रका तुलनामा कृषि उत्पादन र बिक्री-वितरणको क्षेत्रमा कमै असर गरेको थियो।

गत आर्थिक वर्षको वैशाख–असारमा अर्थतन्त्रको वृद्धिदर १५.४ प्रतिशतले नकारात्मक भएको थियो। तर, चालु आर्थिक वर्षको साउन–असोजमा भने कोभिडको असर केही मत्थर हुँदै अर्थतन्त्रको वृद्धिदर ४.६ प्रतिशतले मात्रै ऋणात्मक हुने अवस्थामा ओर्लिएको थियो।केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन समेत गरेको छ। यसअघि सन् २०००/२००१ को आधार वर्षमा आधारित तथ्यांक सार्वजनिक गर्दै आएकोमा अब सन् २०१०/२०११ को आधार वर्षका आधारमा गणना गरिनेछ। जस अनुसार, गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको कुल आकार रु. ३९ खर्ब ४३ अर्ब पुगेको छ। सन् २०००/२००१ को आधार वर्षका तुलनामा यो ५ प्रतिशत बढी हो।

अर्थतन्त्रको कुल आकार बढेसँगै नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १३४ डलर पुगेको अनुमान गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। आर्थिक वर्ष २०७५/७६ मा नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १५९ डलर थियो।

प्रतिक्रिया

सम्बन्धित खवर