झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर १ विजयी भएको छ । उसले उपाधि दाबेदार वडा नम्बर ११ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारीत समय सम्म एक/एक गोल भएपछि भएको टाइब्रेकरमा पनि बराबर भएपछि खेल सडनडेथ सम्म पुगेको थियो ।

सडनडेथमा वडा नम्बर ११ का जर्सी नम्बर २१ का निराजन कडरियाको प्रहार गोलकिपर सिमोन मोतेले विफल बनाएका थिए भने वडा नम्बर १ का जर्सी नम्बर ८ का विनोद चेम्जोङ्गको प्रहारले जाली चुमेको थियो । यद्यपी खेलमा अग्रता भने वडा नम्बर ११ ले जर्सी नम्बर ९ का रोमन तामाङ्गको गोलबाट पहिलो हाफको २४ औं मिनेटमा लिएको थियो ।

पहिलो हाफ सम्म एक शुन्यले पछि परेको वडा नम्बर १ का जर्सी नम्बर ७ का सिम्सोन मोतेले बराबरी गोल गरेका थिए । उनले दोश्रो हाफको २७ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि पनि गोलका अबसर पाएपनि दुबै टिमबाट गोल हुन सकेन् । र खेल टाइब्रेकर हुँदै सडनडेथ सम्म पुग्यो ।

टाइब्रेकरमा वडा नम्बर १ का सिम्सोन मोते, रोहन बस्नेत र विवेक नेम्बाङ्गले गोल गरेका थिए भने राजेन्द्र शेर्माको प्रहार बाहिरीएको थियो । त्यस्तै प्रदिप माझीको प्रहार गोलकिपर समिर गुरुङ्गले बिफल बनाइदिएका थिए । उता वडा नम्बर ११ का तर्फबाट संजोक मगर, सागर लिम्बु र आकाश पौडेलले गोल गरेका थिए ।

निकेश श्रेष्ठको प्रहार क्रसबार माथिबाट बाहिरीदा रोमन तामाङ्गको प्रहार गोलकिपर सिमोन मोतेले बिफल तुल्याइदिएका थिए । खेलको म्यान अफ दि म्याच वडा नम्बर १ का गोलकिपर सिमोन मोते भए । जितसँगै वडा नम्बर १ ले वडा नम्बर ४ सँगको भेट पक्का गरेको छ ।

भोलि वडा नम्बर २ र भेट्रानबीच खेलहुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय