खोटाङ – खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी महादेव मन्दिरबाट गएको १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।

विद्युत्, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीलाई तलब भत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च भएकाे थियाे । बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय