बारा । बाराको जितपुरमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।
सिमरा उपमहानगरपालिका १६ मा गोली लागेर गम्भीर घाइते भएका २८ वर्षीय सागर सिंजालीको बिहीबार बिहान मृत्यु भएको हो ।
राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । वन क्षेत्र नजिकैमा रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीयको भनाई छ ।



