मस्को । युक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् ।

यसभन्दा अगाडि युक्रेनको आन्तरिक मन्त्रालयमा २४ वर्षकी नास्तासिया देयेवालाई उपमन्त्रीमा नियुक्ति गरिएको थियो । उनी युक्रेनी इतिहासमा सबैभन्दा कान्छी उपमन्त्री हुन् । तर, यी दुई नियुक्तिका कारण अहिले युक्रेनमा व्यापक विरोध सुरु भएको छ ।

यी नियुक्ति दिइएका महिला अत्यन्त कम उमेरका हुन् र उनीहरूले कार्यसम्पादन गर्न सक्दैनन् ।

अन्नामाथि त के पनि आरोप लागेको छ भने भ्रष्ट नेताहरूले आफू बच्न उनलाई यस्तो महत्वपूर्ण पद दिएका हुन् ।

सन् २०१४ मा यस्तै एउटा विरोध कार्यक्रम भएको थियो जसका कारण राष्ट्रपति भिक्टर यानुकोभिचले राजीनामा नै दिनुपरेको थियो । अबको मुद्दा भ्रष्टाचारमा मात्र केन्द्रित छैन ।

युक्रेनका सामाजिक सञ्जाल प्रयोगकर्ताले उपमन्त्री नास्तासिया देयेवाको व्यक्तिगत आचरणबारे पनि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा नास्तासियाका नग्न तस्बिर सेयर भएका छन् । युक्रेनको लाइफस्टाइल वेबसाइट स्टायल इनसाइडरका लागि उनले केहीअघि एउटा फोटो सुट गरेकी थिइन् । अहिले त्यो फोटो सुटबारे पनि व्यापक प्रश्न उठाउन थालिएको छ ।

युक्रेनको राजधानी किभका राजनीतिक विश्लेषक वादिम कारास्याँफले समाचार एजेन्सी एपीलाई युक्रेनको राजनीति सर्कसजस्तै बनेको जनाएका छन् । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय