पोर्न स्टार मिया खलिफाको साउदी अरबमा अमेरिकाको राजदूत बनाउनुपर्ने अनलाइन याचिकामा मानिसहरुले हस्ताक्षर गरिरहेका छन् । अमेरिकामा चेन्ज डट ओआरजीमाथि यो सम्बन्धि अनलाइन याचिका चलाइएको छ । यसमा अहिलेसम्म ३ हजारभन्दा मानिसले साइन गरिसकेका छन् ।

मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायलाई उत्कृष्ट बनाउनका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिको पर्वाह नगरी मानिसहरुलाई एकै साथ ल्याउनका लागि निकै ठूलो काम गरिरहेको यो याचिकामा भनिएको छ । याचिकामा यो पनि भनिएको छ कि उनी मध्य–पूर्व देशमा अमेरिकाको प्रतिनिधित्व गर्नका लागि एक महान नेता साबित हुनेछिन् । यो याचिका डोनाल्ड ट्रम्पले आफ्नो बचनबाट पछि हटेको विरोधस्वरुप दर्ता गरिएको बताइएको छ ।

ट्रम्पले चुनाव प्रचारको क्रममा अमेरिकामा मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउने बताउने गरेका थिए तर चुनाव जितेपछि उनले आफ्नो वेबसाइटमा यसलाई हटाइदिए । सोसल मिडियामा यो याचिकाको विषयमा निकै चर्चा भइरहेको छ । मिया थुप्रै पटक विवादमा घेरिएकी छिन् । एक पटक बुर्का लगाएर भिडियो सुट गरेका कारण इस्लाम राष्ट्रमा उनको निकै विरोध भएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय