काठमाडौं । सन्दिप लामिछानेको जन्म वि.स. २०५७ श्रावण १८ गते बुधबार स्याङजाको टोलपोखरीको आरुचौरमा एक मध्यमवर्गीय परिवारमा भएको हो । सन्दिपका बुबा चन्द्रनारायण लामिछाने भारतीय रेलवेमा कार्यरत रहेका बेला सन्दिपलाई भारत पढाउने निर्णय गरेका थिए । सन्दीपले बुबासँगै भारतमा बसेर कक्षा ४ सम्मको अध्ययन गरेका छन्, जुन समय उनले क्रिकेट खेलबारे बुझेका थिए । त्यसपछि नवलपरासी आएर क्रिकेट खेललाई निरन्तरता दिए ।

सन्दीपको क्रिकेट खुबीप्रति परिवारलाई थाहा भएपछि नवलपरासी छोडेर चितवन पठाइए । त्यसपछि, सन्दिपले ‘चितवन क्रिकेट एकेडेमी’बाट एक खेलाडीको रुपमा आफूलाई चिनाउन थाले । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकले नारायणगढ ‘क्याम्प चउर’को भ्रमण सन्दिपको क्रिकेट करिअरको टर्निङ पोइन्ट बन्यो । कोचले त्यस्ती आशा गरिरहेका थिएनन्, तर सन्दिपलाई आफ्नो क्रिकेट प्रतिभा देखाउनका लागि छानियो । त्यसपछि सन्दिप ‘यू–१९’ टिममा सुचिबद्ध भए । त्यसयता सन्दीपले उमेर समूहको क्रिकेटमा मात्र होइन राष्ट्रिय टिमबाट र घरेलु क्रिकेटमा समेत आफूलाई अब्बल प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् । लामिछानेले नेपालबाट नामेयिबा, बाङग्लादेश, पाकिस्ता तथा आयरल्याण्डजस्ता देशविरुद्ध राम्रो प्रदर्शन गर्दै गए ।

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीपको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो । सन्दीप आईपिएलमा छनोट भएपछि नेपालमा क्रिकेट प्रेमी हर्षविभोर छन् । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए । अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् ।

क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय