काठमाडौं, १२ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनाको चालू आर्थिक वर्ष ०७३-७४ को पहिलो ४ महिनामा भौतिक तथा वित्तीय प्रगति एक–एक प्रतिशत मात्रै छ । ४ महिनामा १ अर्ब ५ करोड ४० लाख खर्च गर्ने लक्ष्य राखिएकोमा १ करोड ११ लाख ३६ हजार रुपैयाँ मात्रै खर्च भएको बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले जनाएको छ । १ हजार २ सय मेगावाटको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा वर्गीकरण गरेको छ ।

जग्गा अधिग्रहण तथा मुआब्जा वितरणका लागि छुट्याइएको रकम खर्च हुन नसकेकाले वित्तीय प्रगति १ प्रतिशत मात्रै भएको समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए । ‘पहिलो चौमासिकमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरणका लागि १ अर्ब १ एक करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको थियो,’ बस्नेतले भने, ‘मुआब्जा निर्धारण हुन नसकेकाले उक्त रकम खर्च हुन सकेन ।’

आयोजनाका लागि यस वर्ष ५ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ । मुआब्जा वितरणका लागि ४३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाएको छ । यसबाट १० अर्ब रुपैया“भन्दा बढी उठ्ने अनुमान गरिएको छ ।

सोमबार भएको मन्त्रालयस्तरीय समीक्षा बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले यसै वर्ष आयोजनाको मुआब्जा वितरण गरिसक्ने बताएका छन् । ‘यसका लागि विनियोजन गरिएको रकमले पुग्दैन,’ उनले भने, ‘थप रकम अर्थ मन्त्रालयले उपलब्ध गराइदिनुपर्छ, थप रकम अर्थस“ग माग्न प्रक्रिया अगाडि बढाइहाल्नुहोस् ।’

आयोजनाबाट गोरखा र धादिङका १ लाख २३ हजार ९ सय २१ रोपनी जग्गा डुबानमा पर्नेछ । यसमध्ये निजी ५८ हजार १ सय ५३ र सरकारी ३३ हजार २ सय ७१ रोपनी जग्गा डुब्नेछ । ३२ हजार ४ सय ९७ रोपनी भीर, पहरा, वन, बुट्यान भएको जमिन डुब्ने आयोजनाले जनाएको छ । डुबानमा पर्ने निजी जमिनमध्ये गोरखा र धादिङतर्फ क्रमशः ३० हजार ७८ र २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्नेछ । आयोजनाले यो जमिन अधिग्रहण गर्नुपर्नेछ ।

आयोजनाबाट भौतिक तथा आर्थिक रूपमा दुई जिल्लाका ८ हजार १ सय १७ घरपरिवारका ४५ हजार ६ सय ११ जनसंख्या विस्थापित हुनेछन् । उनीहरूको पुनर्वास तथा पुनस्र्थापना आयोजनाले गर्नुपर्नेछ । गोरखाको मुआब्जा निर्धारण समितिले १४ गाविसका लागि मुआब्जाको दर निर्धारण गरिरहेको छ । तर, निर्धारित दरमा स्थानीयले सन्तुष्टि जनाएका छन् । धादिङतर्फको मुआब्जा पनि छिट्टै निर्धारण हुने आयोजनाले जनाएको छ । सरकारले आयोजना कम्पनी मोडलमा निर्माण गर्न तयारी गरिरहेको छ । बूढीगण्डकीको अनुमानित लागत २ खर्ब ५९ अर्ब रुपैयाँ (२ अर्ब ५९ करोड अमेरिकी डलर) छ । नयाँ पत्रिका दैनिकमा सचेन गौतमले खबर लेखेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah