बिष्णुप्रसाद पोखरेल-दमक÷मंगलवार झापाको आकाशे पुलको उद्घाटनमा एउटा घत लाग्दो बिषय बन्यो । अहिले चर्चाको बिषय बनेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष, झापा क्षेत्र नं. ७ का साँसद केपी शर्मा ओली प्रमुख अतिथि रहेका थिए । बिशिष्ठ अतिथिमा पूर्व कानूनमन्त्री अग्नि खरेल र समानुपातिक साँसद महेन्द्रकुमारी सुब्बा रहेकी थिइन् ।
उक्त कार्यक्रममा आकर्षणको पात्र केपी शर्मा ओली नै रहेका थिए । साँसद सुब्बाले पनि केपी शर्मा ओलीले फेरी प्रधानमन्त्री भएको हेर्न चाहेको बताइन् । उनले ओलको कामको मुक्तकण्ठले प्रशंशा गरिन र राम्रो तालि पनि पाइन् । त्यसपछि बोलेका खरेलले पनि सुब्बाको भनाइलाई प्रशंशा नै गरे ।
प्रमुख अतिथिको रुपमा बोलेका ओलीले लखनपुरमा निर्माणाधिन रहेको रंगशालाको बिषयमा जब आफ्नो भनाइ राखे स्टेजमा रहेकी सुब्बाको अनुहारमा आक्रोश देखिन शुरु गरिसकेको थियो । आदिबासी समुदायको चिहानप्रति सम्मानका लागि स्मृतीपार्क र स्तम्भ बनाउने जनाउदै मदनभण्डारी स्टुडियम बनाउन खोज्दा यसको बिरोध गरिएको भन्दै ओली चित्त दुखाएका थिए ।
जब ओलीले बोलिसके एक्कासी कार्यक्रमा अर्कै अवस्था आयो । अघि नै बोलिसकेकी साँसद सुब्बाले जुरुक्क उठेर कार्यक्रम उद्घोषक दमक नगरपालिका इन्जिनियर अनन्त सेनेहाङबाट माइक खोसेर आक्रोश पोखिन् । ओलीलाई नाम फेरर काम गरेर देखाउन चेतावनी दिइन् । यसको प्रतिकार र बिरोध काँग्रेस, एकीकृत माओबादीले गर्ने भनिन् ।
यस्तो देखेर कार्यक्रममा सहभागि बिशिष्ठ ब्याक्तिहरुदेखि लिएर सर्वसाधरणसम्म चकित भए । साँसद जस्तो ब्याक्ति किन यस्तो गरेको होला भनेर एकैछिनमा बहस चल्न शुरु गर्यो । काँग्रेसका एक जिल्ला नेताले त पार्टीको नै बद्नाम भयो भन्दै कार्यक्रम स्थलबाट नै बाहिरिए । आयोजक नगरपालिका पनि रनभूल्लमा पर्यो ।
साँसद महेन्द्रकुमारी सुब्बाले यसरी आक्रोशित भएर त्यहाँ प्रतिक्रिया जनाउनु उचित रहेको थियो ? आफ्नो पालोमा बोलिसकेपछि फेरि भरे माइक्रोफोन खासेर त्यसरि बोल्दा त्यसले कसलाई बेफाइदा गर्यो ? अब आउदा कार्यक्रमहरुमा कुनै पनि आयोजकले यसै क्षेत्रका दूबै साँसदलाई एकैठाउमा राखेर कार्यक्रम गर्लान बहसको बिषय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय