बिशेष सम्पादकीय
झापा जिल्लामा र बिशेष गरेर दमक, बिर्तामोड लगायतका शहरी क्षेत्रमा पछिल्लो समयमा बिभिन्न मिस झापा, मिस दमक, मिस एसएलसी लगायत बिभिन्न नाम जोडेर प्रतियोगिताहरु गराइने गरेको छ ।

यस्ता प्रयिोगिताहरु हुनु राम्रो हो । प्रतिभाहरुको खोजी हुनु राम्रो हो । तर यस्ता कार्यक्रमहरु कहाँबाट अनुमति लिएर हुदैछन् ? कसरी हुदैछन् ? यस सम्बन्धमा स्थानीय सरकार र सरोकारवालाहरुको ध्यान जानु जरुरी रहेको छ ।

जुनसुकै प्रतियोगिता गराउदा पनि त्यसको एउटा बिधि र प्रक्रिया हुन्छ । त्यसलाइ छान्ने निर्णायकहरु होलान् र त्यसको छान्ने बिधि होला । यि बिधिहरु अवलम्बन भएको छ की छइन ? कस्ले हेर्ने ?

पछिल्लो समयमा कमाइ खाने भाडो र युवा युवतीहरुलाइ मोलमोलाइ गर्ने माध्यमको रुपमा यस्ता प्रतियोगिताहरु हुदै आएको गुनासो आउन थालेकाछन् ।

एकपछि अर्को राउण्डमा जाँदाँ पैसा उठाउने, आयोजकले आर्थिक लाभ लिएर प्रतियोगी छनौट गर्ने जस्ता बिषयहरु समेत आउन थालेकाछन् । यस बिषयमा स्थानीय सरकारको चासो जानु आवश्यक छ । यस्ता प्रतियोगिता र यसको औचित्यको बिषयमा सबै जानकार हुनु आवश्यक छ ।

बालबालिका तथा किशोरी किशोरी, युवायुवतीहरुलाइ बिभिन्न आश्वसन दिएर र आर्थिक लाभ समेत हुने देखाएर यस्ता प्रतियोगिता गरिने गरेको भन्ने पनि सुनिदै आएको छ । प्रतियोगिताबाट महिनौसम्म पैसा नपाएको भन्ने पनि यो भन्दा अघि सार्वजनिक भएको पनि हो । यसले गर्दा यस्ता प्रतियोगिताहरु अनुमति लिएर र मापदण्ड अनुसार हुनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय