#
बिचार/ब्लग

प्रचण्ड गाँडलाई भाँडमा छोड !

    ६ आश्विन २०७३, बिहीबार १४:०३

शैलेन्द्र घिमिरे – 

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन्छन् । भूकम्पहरु आउँछन् र जान्छन् । महानायकहरुले इतिहासका ती कठिन समयको नेतृत्व गर्छन् र समयलाई निर्देश गर्दै अगाडि बढ्छन् । प्रचण्ड फेरि पनि त्यही हुन् तर घरीघरी मन चसक्क दुख्छ । कहालीलाग्दा खोंचहरुकोबीचमा बगेको प्रचण्डप्रवाह कहिँ युगिन सत्यको जवाफ खोज्दाखोज्दै हराउने त होइन ? यी स–साना पहाडहरुले प्रचण्डलाई कतै थुनिदिने त होइनन् ?

आन्दोलन थसुल्ला शरीरहरुको बोझले मात्रै बलियो हुँदैन । गाँडको माया मानेर ज्यान सुरक्षित राख्न सकिँदैन । आकासमा उड्न गाँडको बोझले सकिँदैन भने गाँड भाँडमा जाओस् भन्नै पर्दछ – प्रचण्ड गाँडलाई भाँडमा छोड र उड

prachanda

प्रचण्ड

प्रिय प्रचण्ड तिमी प्रचण्ड बन, तिमि ह्युगो बन, तिमी स्टालिन बन, तिमी मण्डेला बन र आराफात बन । नबनी सुखै छैन । हो, हज्जार तगाराहरु छन् । कति अरुले हालेका, कति हामी आफैंले तेर्साएका! सायद यो लेख पनि एक तगारो हुन सक्छ । माफी चाहन्छु, मसँग कुनै आकांक्षा छैन । माक्र्स तिमिले पढेका छौ, स्टालिन तिमीले देखेका छौ। माओ र मण्डला हेरेकै छौ । यो समय सटिकताको समय हो नजरमा अलिकतिमाथि हँुदा पनि तिमी आलोचनामा हुन्छौ र कम हुँदा पनि । सत्ता र शक्ति विज्ञानको मापदण्डमा फिट नहुन सक्छ । सकेसम्म मिलाउनु तिम्रो दायित्व हो । नमिलेकोमा आलोचना बजारमा छँदैछ ।

प्रचण्ड प्रचण्ड हुनुको एकमात्र कारण माओवादी दर्शन र आन्दोलन हो । प्रत्येक आन्दोलनभित्रै प्रतिविद्रोहीहरु हुन्छन् । संघर्षको घनिभुततामा तिनीहरु सुषुप्त बन्छन् र संघर्षको समापनमा ती बौरिन्छन् । आन्दोलन भित्रैका यी प्रवृत्तिहरुको यथेष्ठता माओवादी आन्दोलनभित्रै छ । त्यसकारण कोही संगठन कब्जाको ध्येय बनाउँछन्, कोही टेलिभिजनको पर्दामा देखिने रहरमा अन्टसन्ट बोल्दछन् । प्रचण्डको बजार घट्नुमा आन्दोलनभित्रका यी महत्वाकांक्षाहरु जिम्मेवार छन् । यसको उपचार व्यक्ति र प्रवृत्तिको उचित ब्यवस्थापन हो । तर यहीँनेर स्टालिनबाट केही सिक्नुपर्दछ । माफी चाहन्छु, म सफायाको पक्षधर होइन, मेरो बुझाइमा माओवादी आन्दोलन वर्गीय हो भन्ने कुरा सत्य हो । बर्गकाविरुद्ध बोल्ने जो कोही वैरी हुन् र तिनको राजनीतिक सफाया जरुरी छ । आन्दोलन थसुल्ला शरीरहरुको बोझले मात्रै बलियो हुँदैन । गाँडको माया मानेर ज्यान सुरक्षित राख्न सकिँदैन । आकासमा उड्न गाँडको बोझले सकिँदैन भने गाँड भाँडमा जाओस् भन्नै पर्दछ – प्रचण्ड गाँडलाई भाँडमा छोड र उड ।

shailendra_new_article

लेखक

त्यसो त प्रचण्ड पुत्र, पिता, श्रीमान, ससुरा र मामा–काका सबै हुन् । तिनलाई प्रकृति र संस्कृतिको सम्बन्ध र दायित्वबाट निषेधित भएको हेर्न चाहने पत्रिका बजारको म विरोधी हुँ ! प्रचण्ड रुँदैनन् होला, मलाइ त्यस्तो लाग्दैन । तिनी रुँदा तिनीसँगै रुने घरको अंशियार नै हो । तिनी कमजोर हुँदा तिनलाई मृदुभाषामा ढाडस दिने तिनका सन्तानले नै हो । यो प्रकृति विज्ञान हाम्रो बजारले बुझ्दैन । १३ वर्षको छोरो राज्यले टाउकाको मूल्य तोकेको बाउसँग युद्ध सामग्री बोकेर स्कुल छोड्नु पर्दाको कहाली–कथा हाम्रो पत्रिकामा अटाउँदैन । तर केही सीमाहरु बनुन् । सहिदका छोराछोरीको कथा उस्तै र दुरुस्तै छ। तिनीहरु तिम्रो छेउमा उभिँदा मात्र हजार पटक मर्न तयार छन् । सिउँदो पुछेका सहिदपत्नीहरुले प्रचण्ड परिवार हेरेर मन बुझाउने हो । केही रेखाहरु बनाउँदा मात्रै उनीहरु फुर्न सक्छन् । कमरेड, ज्यान फुरेपछि बन्ने आन्दोलनको वेग दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।

त्यसो त ०६२ सालको आन्दोलनताका एक कविता चर्चामा थियो। कविता शीर्षक ‘सिंहदरबार’ । भन्छन्, सिंहदरबारमा सुरक्षाबुटका आवाजहरुले नेतृत्वलाई जनआवाजबाट विमुख गर्छ । मान्छेहरु भन्छन्– ज्ञानेन्द्रले त्यसै ‘बुझें बुझें’ भनेका होइनन् । सिंहदरबारप्रति बढी नै चासो राज्यको दुरुपयोगबाट व्यक्तिगत फाइदा लिन पल्केकाहरुलाई नै हुन्छ । तिनीहरु लाजिम्पाटदेखि सिंहदरबार र बालुवाटारसम्म घेरा बनाएर बस्ने हाम्रो राजनीतिक जवाफदेहिता अभावको परिणाम हो । प्रचण्ड यसलाई च्यात । समय वित्दै जाँदा यो कसिँदै जान्छ । आज निषेध नगर्दा यो थपिँदै जान्छ । बालुवाटार मान्छेहरुको बस्ती भएपनि यो मेसिन बन्न सक्नुपर्छ । ननिदाउ र निदाउन नदेउ । आज सम्हाल ! भोलि ब्यहोरौला ।

प्रिय प्रचण्ड तिमी प्रचण्ड बन, तिमि ह्युगो बन, तिमी स्टालिन बन, तिमी मण्डेला बन र आराफात बन । नबनी सुखै छैन । हो, हज्जार तगाराहरु छन् । कति अरुले हालेका,  कति हामी आफैंले तेर्साएका! सायद यो लेख पनि एक तगारो हुन सक्छ ।

कमरेड, सपनाको मृत्यु भयावह हुन्छ । हामीले व्यहोरेको क्रुर समयमा हामीले बोकेको विश्वासले नै हामीलाई यहाँसम्म ल्याइपु¥याएको हो । ज–जसले जे जे बुतुराए पनि हामी लाख आत्महत्याका सम्भावनालाई जितेर आएका हौं । सँगैको जीवनसाथी हास्दाहाँस्दै ढलेको परिवेशबाट बौरिने कुरा न पत्रिका न दुनियाँ बस्, हामीले भोगेका छौं । केही गरिन्छ भन्ने छ–गर्व गर्न लायक । यसको शुरुवात गरौं । क–कसलाई के के जिम्मा हो, यो छुट्याउँ । मन्त्रालयमा मकै छोडाएर चियाको चुस्की लिँदै गरेका मन्त्री देख्दा विश्वास हल्लिन्छ । बाफ् रे, मन्त्रीहरु कति फुर्सदिला ! उद्घाटन र भ्रमणमा हिँड्दै गरेका मन्त्री देख्दा मन हतासिन्छ । तिनको काम खोई ? तिनको सचिवालय देख्दा लाग्छ मन्त्रीको घरमा आज दशैं छ र ती टीका थाप्न आएका आफन्तहरु हुन् । उफ् ! कस्तो उदेकता ।

कामरेड, यी मन्त्रीहरु त महाभारतको प्रचण्डरथका घोडाहरु हुन् । घोडाले उग्राएको राम्रो मानिदैन। मस्तिष्कमा संकटकाल बौरिने गरी तिनलाई कोर्रा लगाउ । आठ प्रदेशमा आठ मन्त्रीलाई आठ नमुना काम तोक । एक दिन तिम्रो सिंहदरबार रत्नपार्कमा राख । केहीदिन जुम्ला लैजाउ । उही स्थान र उही कुर्सी चाहिँदैन । कमरेड प्रचण्ड, जनताको आवाज सुन । यो सम्भव छ ।

मन्त्रालयमा मकै छोडाएर चियाको चुस्की लिँदै गरेका मन्त्री देख्दा विश्वास हल्लिन्छ । बाफ् रे, मन्त्रीहरु कति फुर्सदिला ! उद्घाटन र भ्रमणमा हिँड्दै गरेका मन्त्री देख्दा मन हतासिन्छ । तिनको काम खोई ? तिनको सचिवालय देख्दा लाग्छ मन्त्रीको घरमा आज दशैं छ र ती टीका थाप्न आएका आफन्तहरु हुन् । उफ् ! कस्तो उदेकता ।

प्रधानमन्त्री कलंकी–थानकोट सडकमा उभिन जरुरी छ । रेल र तेलको गफाडी राजनीतिलाई व्यवहारले जवाफ दिनुछ । नौ महिनामा रेल र तेल सम्भव छ छ र छ, कामरेड यसको शुरुवात गरौं । फास्टट्रयाकमा सुरुङ्ग सम्भव नहोला, खुल्ला धुलेसडक सम्भव छ । सीमामा तारबार भर्खरै सम्भव छ । यो गरौँ । समय चिप्लिँदै गरेको आभाषले दिने पीडा भयावह हुँदोरहेछ । गरे हुन्छ, बसे रहन्छ ।

मधेश समाउ विदेश जित । जनतालाई मधेसी फोरम र पहाडी फोरमको घनचक्करबाट मुक्त पार । विदेश जितेकोमा अब कुनै भ्रम छैन । प्रचण्ड जित्नकै लागि बनेको पात्र हो । अव देशको मोर्चा सम्हाल । यो पार्टीको उपचार गर गलगाँडै गलगाँडले थिलोथिलो शरीरलाई उठाउन नसकेको शरीर जस्तै पार्टी बोकेर सरकारको नेतृत्वमा सफल होइदैन। निराशा र हतोत्साहको लौरो टेकेर उकालो चढिँदैन । देशभरीका कार्यकर्ता बोलाएर कार्यकर्ता भेला गर्न सायद अव पात्रो हेरिरहनु पर्दैन । तिमी ठीक छौ । कार्यकर्ताको बीचमा नफाली तिम्रा मन्त्रीहरु नब्युझेलान् । एकपटक यो प्रयत्न पनि गरौं । प्रचण्डबाहेक न अहिलेको सत्तामा विकल्प छ न पार्टीमा । बस केही न केही गर जो प्रचण्डमात्रै गर्न सक्दछन् ।

खबर डबली बाट सभार गरिएको । 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु