कला/साहित्य

विकाश र सिर्जनाको ‘सोची हेरन

गायक सुदिप भण्डारीले नयाँ गीत गरेका छन्। उनले ‘सोची हेरन’ बाेलकाे नयाँ गीत सार्वजनिक गरेका हुन्। प्रेम ,त्याग र मिलनको कथा समेटिएको गीतकाे भिडियाेमा विकाश लामिछाने र सिर्जना जिसीले अभिनय गरेका छन्। गीतकाे शब्द गीतकार डि.पी खनालले लेखेका हुन्।  शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको गीतलाई  संदेश रुचालले संगीत संयोजन गरेका छन्र।  अनिल कुमार मानन्धरको छाँयंकन गरेकाे

दमकमा याक्थुङ साहित्य प्रतिष्ठानको अधिवेशन, सम्मान र पुरस्कार प्रदान

दमक/याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनले साहित्यकार सेसेमी से नाल्बो लिम्बू को अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार दमकमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनले नाल्बोको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गुमानसिं सङबाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिबमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम तथा सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् ।स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका

महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ ।महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर

सखुवानन्कारकट्टीमा झण्डा महोत्सव

राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ ।‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि

सुकरातको एक प्रेरक प्रसंग

सुकरात जेलमा विषको प्याला पिएर मर्नै लागेका थिए ।एक शिष्यले सोधे— ‘प्रभु ! तपाईंको मृत शरीरलाई नुहाउने र कफन ओढाउने गरेपछि कहाँ गाड्ने ? जुन मैले चाहेको बेला पाउन सकूँ ।’सुकरात मुस्कुराउँदै बोले— ‘शिष्य ! यदि तिमीले मलाई पाउन सक्छौ भने जहाँ चाहन्छौ त्यहीँ गाड । तर मैले जीवनमा स्वयम् आफूलाई पाउन सकिनँ भने तिमीले

आलेख : धार्मिक वनको ढुङ्गामा कलात्मक आकृति

नवलपुर, १३ फागुन (रासस) : गण्डकी प्रदेशको मुटु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर आस्था र धरोहरका रूपमा रहेको छ । गैँडाकोट–१ मा पर्ने मौलाकालिका मन्दिरको पूर्वमा पवित्र तीर्थस्थल देवघाटधाम, उत्तरमा कालीगण्डकी नदी तथा दक्षिणमा नारायणी नदी

बढ्न थाल्यो दोहारी साँझमा चहलपहल

कोरोना भाइरसका कारण गतवर्षको चैत ५ गतेदेखि देशभरका दोहोरी साँझहरु बन्द भए । यसपछि भने लामो समयसम्म दोहोरी साँझहरु सुचारु हुन सकेनन् । सरकारले देशका विभिन्न क्षेत्रलाई क्रमिक रुपमा खुलाउँदै लगेपनि दोहोरी साँझहरु सुचारु गरेको थिएन । अन्य क्षेत्र सुचारु भैसक्दा पनि दोहोरी साँझ नखुलेपछि व्यवसायीहरुले आन्दोलन नै गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । कतिपय

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेलाई २० लाख

 दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ।लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको हो ।नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ।लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा छन् ।फागुन १ गतेबाट सुरु भएको डिजिटल अडिसन ८ गतेसम्म चल्नेछ ।अडिसनमा सहभागिताका लागि एक जना पुरुष

रण दीलिपको कवितात्मक फिल्म ‘जुनेली’ सार्वजनिक

काठमाडौं :  भ्यालेन्टाइनको मौसम सुरु भएसँगै प्रेमिप्रेमिका लक्षित सिर्जना बजार आउने क्रम जारी छ । म्युजिक भिडियोदेखि सर्ट फिल्मसम्म पनि सार्वजनिक हुन थालेका छन् । यही क्रममा थिएटर भिलेजका कलाकार रण दीलिपले पनि कवितालाई लघु फिल्मको रुपमा प्रस्तुत गर्दै ‘जुनेली’शीर्षकको कवितात्मक फिल्म सार्वजनिक गरेका छन् ,प्रेमिकालाई जुनसँग तुलना गर्दै लेखिएको कवितामा बियोगान्तक प्रेमकथालाई प्रस्तुत गरिएको