शिक्षा

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

काठमाडौँ – कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका

बैतडीमा सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु

बैतडी । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन

कक्षा–१२ को परीक्षा समय १:३० मिनेट मात्र,परीक्षा ४० अंकको हुने

काठमाडौं:- आगामी मंसिरदेखि ९ बाट सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा

सर्मीला तुम्रोकले पाईन बर्षको उत्कृष्ट विद्यार्थीको सम्मान

दमक। पेल्टीमारी प्रवासी मञ्च चुलाचुली इलामले एसईईमा उत्कृष्ट अंक ल्याएको भन्दै बालज्योती मा.वि. चुलाचुलीकी एक छात्रालाई सम्मान गरेको छ । सामुदायिक विद्यालयतर्फका एक उत्कृष्ट विद्यार्थीलाई हरेक बर्ष प्रदान गर्दै आएको एसईई छात्रबृत्ती यस बर्ष चुलाचुली ४ इलामकी सर्मीला तुम्रोकलाई प्रदान गरिएको मञ्चका सचिव धर्म अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो। तुम्रोकले एसईई मा ३.७ जिपीए प्राप्त

पेल्टीमारी प्रवासी मञ्चले प्रदान गर्दै आएको SEE छात्रबृत्ती यस बर्ष चुलाचुली ४ इलामकी सर्मीला तुम्रोकलाई

दमक। पेल्टीमारी प्रवासी मञ्च चुलाचुली इलामले हरेक बर्ष प्रदान गर्दै आएको SEE छात्रबृत्ती यस बर्ष चुलाचुली-४ इलामकी सर्मीला तुम्रोकलाई प्रदान गर्ने भएको छ । उनले SEE मा ३.७ GPA प्राप्त गरेकी छन् । यस वडा बाट २०७६ सालको SEE मा सर्बोत्कृष्ट अंक ल्याउने श्री बाल ज्योती मा.बि. की छात्रा तुम्रोकलाई नगद १० हजार र प्रमाण

निषेधाज्ञा घरभित्रै रहनुहुन्छ? यसरी लिनुस् फि‍ट रहने प्रेरणा

कोभिड-१९ का कारण फिटनेस क्लब बन्द छन्। मर्निङ्वाक जान अनि बाहिर गएर व्यायाम गर्न मिल्ने अवस्था छैन। राजधानी काठमाडौं पनि भदौ ३ गतेदेखि निषेधाज्ञामा छ। त्यसअघि लकडाउनमा रह्यो। घरभित्रै रहँदा तुलनात्मक रुपमा बढी खाइने तर शारीरिक व्यायाम नगर्ने हो भने झन मोटो हुने डर रहन्छ। तपाईँ फिटनेस हुनु भयो भने मधुमेह लगायतको खतराबाट मुक्त हुन्छ।

दमकमा पहिलो पाईलाले बाँढ्यो मास्क

दमक। झापाको दमकमा युवाहरुले मास्क बाँढ्न थालेका छन् । युवाहरुको एक समुहले आज दमकका विभिन्न ठाउँमा मास्क बाँढेको हो । जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउने भनि सूचना नै जारी गरेको छ । तरपनि झापाको दमकमा विना मास्क हिड्नेको संख्या उल्लेख्य रहेको भन्दै पहिलो पाईला नेपाल नामक एक सामाजिक संस्थाले मास्क

पहिलो पाईलाले गर्यो अनाथ बाल आश्रमलाई सहयोग

दमक। पहिलो पाईला दमकले झापाको दमक–९ मा रहेको अनाथ बाल आश्रमलाई सहयोग गरेको छ । पहिलो पाइला दमकका अध्यक्ष दीपक खड्काले आफ्नो छोरा साइनको जन्मदिनको उपलक्ष्यमा पहिलो पाईलालाई दिएको सहयोग संस्थाले शुक्रबार एक कार्यक्रमकाबीच आश्रमकी उपाध्यक्ष मन्दिरा पौडेललाई हस्तान्तरण गरेको हो । संस्थाका केन्द्रीय अध्यक्ष विजय खड्का, दमक शाखाका अध्यक्ष दीपक खड्का लगायतले उक्त सहयोग

नीजि बिद्यालय सञ्चालन गर्न विर्तामोड नगर प्याब्सन र एनप्याब्सनको माग

तुलसीप्रसाद निरौला, बिर्तामोड। विर्तामोड नगर प्याब्सन र विर्तामोड नगर एनप्याब्सनले विर्तामोड नगरपालिकाभित्रका नीजि बिद्यालयहरु सञ्चालन गर्न माग गरेका छन् । विर्तामोड नगर प्याब्सन र विर्तामोड नगर एनप्याब्सनका पदाधिकारीहरुले विर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै कोरोना भाइरसको संक्रमणको प्रभावको अध्ययन गरी यथासम्भव जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाईदिन माग गरेका हुन् । विर्तामोड नगर

मास्क नलगाइ हिँड्ने ६४ जना पक्राउ

सिरहा।  मास्क नलगाइ हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल