निर्वाचन बिशेष

उपनिर्वाचनका यी  २२ उम्मेदवार, जसले आफ्नो मत आफैँलाई दिएनन्

काठमाडाैं/ निर्वाचनमा कुनै पनि पदको उम्मेदवार हुन समर्थक र प्रस्तावकको समर्थन आवश्यक पर्दछ । यसको अर्थ उससँग कम्तीमा तीन मत सुरक्षित छ । फेरि उसका घर परिवार, इष्टमित्र र छिमेकी पनि पक्कै हुन्छन् । अचम्म त के भने मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचनमा आफ्नो मत आफैँलाई नदिने उम्म्दवार २२ जना भेटिए भने एक मत मात्रै

३० पद जित्दै नेकपा पहिलो, कांग्रेस १३ ठाउँमा विजयी

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो भएको छ । नतिजा घोषणा भएका ५२ स्थानको मतपरिणाममा नेकपाले ३० स्थानमा जितेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले

धरानमा नेकपाका उम्मेदवार जम्मा १ मतले बिजयी

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार जम्मा १ मतले बिजयी भएका छन् । नेकपाका उम्मेदवार जीवनराज सुवेदीले प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार मोहन पालिखेलाई १ मतले हराएर बिजयी भएका हुन् । सुवेदीले ६ सय २२ मत ल्याएका छन् भने कांग्रेसका पालिखेले ६ सय २१ मत ल्याएका हुन् ।

आयो धरानको मतपरिणाम: मेयरमा काँग्रेसका तिलक राई विजयी

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सोमबार सकिएको मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन

धरान–७ मा नेकपा एक मतले विजयी

काठमाडौं । धरान उपमहानगर–७ मा नेकपा १ मतले विजयी भएको छ । नेकपाका उमेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कांग्रेसका सुवर्णमोहन पालिखेले ६२१ मत ल्याए । गणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसले विजयी र्‍यालीको तयारीसमेत गरेको थियो । अन्तिममा नेकपाका उमेदवारले बाजी मारेपछि पालिखेले लगाएको मालासमते फुकाल्नुपरेको थियो ।

कास्की-२ उपनिर्वाचनः १९ उम्मेदवारको जमानत जफत, ६ उम्मेदवारले पाँच मत कटाउन सकेनन्

पोखरा / कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कास्की २

हेर्नुहोस धरानको अहिलेसम्मको ताजा मतपरिणाम

धरान उपमहानगरपालिका वडा नं ७ को मात्र मतपरिणाम आउन बाँकी रहदा धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय नजिक पुगेका छन् । अहिले वडा न ७ को मतगणना भइरहेको छ । बाँकी सबै वडाको मतपरिणाम आउदा कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९५ ल्याउदा नेकपाका प्रकाश राईको २३ हजार ३ सय ९३

आयो धरानको ताजा मत परिणाम, कसले कति ल्याए ?

सुनसरी / नेकपाले धरान उपमहानगर गुमाउने खतरा बढेकाे छ । धरान उपमहानगरपालिकाको १८ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसले नै अग्रता लिएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले १६४७ मतको अग्रता कायम गरेकाे छ । हाल सम्मकाे मतगणनामा नेकपाका प्रकाश राइले २३००४ र नेपाली कांग्रेसका

हेर्नुहोस धरानको ताजा मतपरिणाम

सुनसरी / धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले अग्रता कायम गरेकाे छ । धरानको ताजा परिणाम १०१२२ मत गन्न बाकी हाल सम्मको नतिजा नेका: २१३११ (१३०३ मत को अग्रता) नेकपा:२०००८ अहिले सम्म गणना भएको: ४४८८९

आयो धरानको ताजा मत परिणाम

काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले ७ सय ७ मतले अग्रता लिएका छन् । तिलक राईले ११ हजार ८ सय २७ म प्राप्त गरेका छन् भने नेकपा प्रकाश राईले ११ हजार १